वकिलहरुको संगठनद्वारा प्रहरी दमनको बिरोध

वकिलहरुको संगठनद्वारा प्रहरी दमनको बिरोध

हिजो सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुमाथि भएको प्रहरी धरपकड र दमनको संवैधानिक कानुन व्यवसायी मञ्चले बिरोध गरेको छ । शान्तिपूर्णरुपमा कानुन व्यवसायीहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको बिरोधमा मञ्चले विज्ञप्ति जारी गरेको हो ।

उसले नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको प्राङ्गणमा शान्तिपूर्वक प्रदर्शन गरेको उल्लेख गरेको छ । तर कानुन व्यवसायीहरुमाथि अनावश्यक ढंगले प्रहरी परिचालन गरिएकोमा मञ्चले घोर निन्दा गरेको छ ।

सर्वोच्च अदालतभित्र तैनाथ हतियारधारी प्रहरीले कानुन व्यवसायिहरु माथि गरेको शक्तिको प्रयोग र सोबाट नेपाल बार एसोसिएसनका अध्यक्ष, कार्य समितिका सदस्य तथा अन्य कानुन व्यवसायिहरु घाइते भएको घटनाप्रति मञ्चले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।मञ्चका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा महासचिव अधिवक्ता सरोजकृष्ण घिमिरेले न्यायको मन्दिरको रूपमा रहेको अदालतमा हतियारधारी प्रहरी बोलाई कानुन व्यवसायीहरुमाथि भौतिक आक्रमण गराउने घटनामा प्रधान्यायाधीश एवम् सर्वोच्च अदालत प्रशासन प्रत्यक्ष जिम्मेवार रहेको आरोप समेत लगाएका छन् ।

उनीहरुले भनेका छन्, ‘ कानुन व्यवसायीहरुमाथि भएको आक्रमण मानवअधिकारको गम्भीर उल्लंघन भएकाले घटनाको तत्काल छानबिन गरि दोषीलाई कारबाही गरियोस् ।’

टिप्पणीहरू