मापदण्ड विपरित कार्य गर्ने श्री ग्यासलाई कारबाही

मापदण्ड विपरित कार्य गर्ने श्री ग्यासलाई कारबाही

तोकिएको मापदण्डभन्दा कमगुणस्तर पाइएपछि श्री ग्यास उद्योगलाई कारबाही गरिएको छ । श्री ग्यास वान नेपाल प्रालिलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो ।

बजार अनुगमनका क्रममा कम्पनीको उत्पादन नेपाल गुणस्तरबमोजिम नपाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । विभागले कम्पनीलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको छ ।

प्रयोगशालामा वस्तुको नमुना परीक्षण र उद्योग निरीक्षण गर्दा तोकिएको गुणस्तर नपाइएपछि नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम उक्त कम्पनीलाई कारबाही गरिएको विभागको दाबी छ ।

विभागले ग्यास उद्योग कप्म्नीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिएको छ ।

टिप्पणीहरू