रामदेवलाई सुनाउँदै नेताहरुले के भने ?

रामदेवलाई सुनाउँदै नेताहरुले के भने ?

आज काठमाडौंको मण्डिखाटारमा आयोजित भारतीय योगगुरु रामदेवको पतञ्जलि नेपाल टेलिभिजन र आस्था टेलिभिजनको औपचारिक उद्घाटन कार्यक्रम अधिकांश प्रमुख दलका नेताहरु पुगेका छन् । कार्यक्रममा बोल्दै उहाँहरुले रामदेवलाई ‘क्रान्तिकारी’ समेत भन्न भ्याउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामदेव र आचार्य बालकृष्णलाई थ्री इन वान भन्दै रामदेवलाई क्रान्तिकारी र वैज्ञानिकको संज्ञा दिनुभएको छ । उहाँले भन्नुभयो, ‘रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि अहिले क्रान्तिकारी र वैज्ञानिक हुनुभएको छ ।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताउँदै रामदेवका कारण आफूले पलेटी कस्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न सक्दिनथेँ । पछि योगाभ्यासले नै सहज बनायो, अहिले मज्जाले पलेँटी कसेर बस्न सक्छु ।’

प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले भने संसारमा सबै खालका औषधिको दुस्प्रभाव (साइड इफेक्ट) देखिएको तर आयुर्वेदिकको अहिलेसम्म त्यस्तो साइड इफेक्ट नभएको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू