करेन्ट लागेर ६२ वर्षीया महिलाको मृत्यु

करेन्ट लागेर ६२ वर्षीया महिलाको मृत्यु

झापामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने झापा गाउँपालिका ६ भृकुटी चोककी ६२ वर्षीया हरिमाया विक हुन् । हिजो बेलुकी विकले बोकेर हिँडेको नरिवलको हाँगाले बिजुलीको तार चुँडालेपछि उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेपछि विकको घटनास्थलमै मृत्यु भएको एक प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू