खसी खुस्कने खतरा

अर्थमन्त्री डा.युवराज खतिवडाले भन्न थालेका छन्, ‘खसी त राम्रै किनेको हुँ । तर, फटाहाहरु गौँडा–गौँडामा ढुकेर बसेका छन् । कसैले तैँले बोका किनिस् भन्ने, कसैले कुकुर किनिस् भन्ने । अन्तिम गौँडामा पुग्दा खसी ल्याउने मान्छे नै मैले त बोका पो ल्याएछु कि क्या हो भन्दै अलमलमा परी खसी छाडेर हिँड्नुपर्ने अवस्था आइलाग्यो ।’ 

अर्थात्, गर्न खोजेको राम्रै थियो भन्ने उनको दाबी छ । संघीय संसदका सांसदहरुमा खुद्रे बजेट देखाएर कामको जस लिन खोज्ने सामन्ती प्रवृत्ति छ । अघिल्लो सरकारले तोकेको स्रोतको सुनिश्चिततालाई निरन्तरता नदिइएको भए पनि हुन्थ्यो । प्रेम आलेले भन्ने गरेका छन्, ‘ठेक्का ९० लाखको लागिसक्यो, बजेट चार लाखको मात्रै जान्छ ।’ यसो भएपछि मान्यहरुले दबाब दिएर पैसा झार्न खोज्ने नै भए । 

यसैबीच पूर्वमुख्यसचिव डा.सोमलाल सुवेदीलाई मनिलास्थित एशियाली विकास बैंकबाट फिर्ता गराई अर्थका सहसचिव रामशरण लामिछाने गएपछि उनले सम्हाल्दै आएको राजश्व महाशाखा हेर्ने गरी भाइ हरिशरण लामिछाने तोकिएका छन् । उनी गृहको कर्मचारी प्रशासनमा थिए । अर्जुन पोखरेललाई अर्थबाट गृहमा लगिएको छ । काठमाडौंका सिडिओ केदार शर्मा सम्भवतः गृहको कप्रमा जाँदैछन् । ठूला करदाता सेवा कार्यालयमा काम गरिसकेका र हाल रक्षा मन्त्रालयमा कार्यरत बलराम रिजाललाई आन्तरिक राजस्व विभागको नायव महानिर्देशक बनाउने गरी अर्थमा सरुवा गरिएको छ ।

टिप्पणीहरू