आज पनि सर्वोच्चमा तनाव : न्यायाधीश इजलासमा, वकिल सडकमा

आज पनि सर्वोच्चमा तनाव : न्यायाधीश इजलासमा, वकिल सडकमा

सर्वोच्च अदालत परिसरमा आज पनि तनावको अवस्था सिर्जना भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै आन्दोलित न्यायाधीशहरुले आजदेखि इजलासमा बस्ने तयारी गर्नुभएको छ । तर, सँगै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनका पदाधिकारी र बार आवद्ध कानुन व्यवसायीहरुले भने आज पनि धर्ना र नाराबाजी गरेका छन् ।

बार भवनबाट सर्वोच्च अदालतको गेट अघिल्तिर नाराबाजी र धर्ना गर्न गएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोकेको छ । सो क्रममा प्रहरी र वकिलहरुबीच केहीबेर घम्साघम्सी परेको छ । घम्साघम्सीमा दुई जना कानुन व्यवसायी घाइते भएका छन् ।

त्यसअघि हातमा कालोपट्टी बाँधेका वकिलहरुले प्रहरीको घेराभित्रै बार भवनको अघिल्तिर ब्यानर बोकेर चर्को नारा लगाएका छन् । उनीहरुले बिचौलियाहरुलाई कारबाही गर, न्यायाधीशले मानपदवी र पदक अस्वीकार गर, कानुन व्यवसायी एकता जिन्दावाद, बार एसोसिएसन जिन्दावाद, न्यायपालिकामा हस्तक्षेप बन्द गरलगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू