काठमाडौंमा शनिबार र बिहीबार सुरक्षा व्यवस्था कडा बनाइने

काठमाडौंमा शनिबार र बिहीबार सुरक्षा व्यवस्था कडा बनाइने

काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आगामी शनिबार र बिहीबार राजधानी काठमाडौंको सुरक्षा व्यवस्थालाई कडाइ गर्ने निर्णय गरेको छ ।

शनिबार र बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुने भएकाले उक्त निर्णय गरिएको बताइएको छ । स्रोतका अनुसार राष्ट्रपति शनिबार बिहान ११ बजे स्वयम्भुमा र ९ गते बिहीबार दिउँसो २ बजे अनामनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएपछि जिल्ला सुरक्षा समितिले त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको हो ।

आगामी शनिबार स्वयम्भुको महाचैत्यस्थित पुनःनिर्मित भजनस्थलको उद्घाटन र बिहीबार अनामनगरस्थित महालेखा परीक्षकको कार्यालयकाे नवनिर्मित भवनको राष्ट्रपति भण्डारीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ ।

हाल राजधानीमा विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन र संघ संस्थाहरुले दिनहुँ जुलुस र धर्ना गर्दै आएकाले त्रुटीरहित शान्ति सुरक्षाको व्यवस्था मिलाउन आवश्यक निर्णय गरिएको स्रोतको दाबी छ ।

टिप्पणीहरू