सञ्चारकर्मी नानिराम नेपालको निधन

सञ्चारकर्मी नानिराम नेपालको निधन

क्रियाशील पत्रकार नानिराम नेपालको हृदयाघातका कारण निधन भएको छ । हृदयाघातपछि धुलिखेल अस्पतालमा उपचाररत नेपालको आज निधन भएको हो ।

उहाँ प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सह–संयोजक र पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सहसचिव हुनहुन्थ्यो । जिल्लामा रहेर उहाँले नेपाल समाचारपत्र दैनिकमा रिपोर्टिङ गर्दै आउनुभएको थियो ।

नानिरामलाई अधिकांश सञ्चारकर्मीले निकै आँटिला र सरल सहकर्मीको रुपमा चिन्दै आएका थिए ।

टिप्पणीहरू