हिउँदमा कुन विमान कम्पनीले कति उडान गर्दै ?

हिउँदमा कुन विमान कम्पनीले कति उडान गर्दै ?

जाडो मौसमलाई लक्षित गरेर नेपाल नागरिक उड्ययन प्राधिकरणले नयाँ उडान तालिका सार्वजनिक गरेको छ । वायुसेवा कम्पनीहरुको निम्ति प्राधिकरणले हिउँदे उडान तालिका सार्वजनिक गरेको हो ।

आज प्रकाशित तालिकाअनुसार सबैभन्दा बढी नेपाल वायुसेवा निगमले ७ उडान भर्नेछ । हिमालय एयरलाइन्सले ५ उडान गर्ने भएको छ । सबैभन्दा धेरै कतार एयरवेजको उडान संख्या रहेको छ । कतार एक्लैले दोहा–काठमाडौं सेक्टरमा दैनिक पाँच वटासम्म उडानको अनुमति पाएको छ ।

एयर अरेबियाले दैनिक दुई उडान गर्ने छ । यी बाहेक अरु एयरलाइन्सले दैनिक एक उडान गर्नेछन् । अबदेखि काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा २ सय ३० को हाराहारीमा उडान हुनेछ । जसअनुसार दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति जारी भएको छ ।

टिप्पणीहरू