अहिलेको खारेज गर्न, पहिलेको लागू गर्न माग

अहिलेको खारेज गर्न, पहिलेको लागू गर्न माग

२०७२ सालको संविधान खारेज गर्न माग गर्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन हुँदै आएको छ । २०७२ सालको संविधान खारेज गर्न माग गर्दै संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धनले अनिश्चितकालीन बिरोध प्रर्दशन गर्ने क्रममा आज पनि माइतीघरमा प्रदर्शन र धर्ना बसेका हुन् ।

आज दिउँसोको प्रदर्शनमा २०४७ सालको संविधान पुनस्र्थापना गरौं २०७२ सालको संविधान खारेज गरौं भन्दै नारा लगाइएको थियो ।

यस्तै प्रदर्शनमा संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धनका संयोजक शारदा शाही, स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवाललगायतको उपस्थिति हुने गरेको छ ।

टिप्पणीहरू