४ जना मिलेर १ जना साथीलाई खुकुरी हाने

४ जना मिलेर १ जना साथीलाई खुकुरी हाने

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर हत्या गर्ने चार जना किशोर समातिएका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका ७ बस्ने २१ वर्षीय विक्रम खड्का, बुढीगंगा गाउँपालिका ६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोरलाई प्रहरीले समातेको हो ।

उनीहरुले मोरङ, बुढीगंगा गाउँपालिका ६ का २६ वर्षीय रिजन दाहालको गत कात्तिक २८ गते खुकुरी प्रहार गरेर हत्या गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको प्रहरी टोलीले फरार अभियुक्तहरुलाई समातेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू