आज पनि संक्रमित र मृतक संख्या उस्तै

आज पनि संक्रमित र मृतक संख्या उस्तै

आज मुलुकभर दुई सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार आठ सय ६३ जनामा पीसीआर तथा तीन हजार दुई सय ८८ जनामा एन्टिजेन गरी ११ हजार एक सय ५१ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज दुई सय ६० जना संक्रमणमुक्त भएका छन् भने छ जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार छ सय ४२ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ८९ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय ८५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७५ र ललितपुरमा पाँच सय ६८ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू