उदयपुरमा ट्रयाक्टर पल्टिँदा १ को मृत्यु, १९ घाइते

उदयपुरमा ट्रयाक्टर पल्टिँदा १ को मृत्यु, १९ घाइते

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–९, गैरुनका ४० वर्षीय बौका सदा हुन् । उनको उदयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्र. २–०१–००१ त १०८३ नम्बरको ट्रयाक्टर मदन मण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६, दनुवारबेसीमा दुर्घटनामा परेको हो । दुर्घटनामा त्रियुगा नगरपालिका–९ गैरुनका मृतक सदाकी श्रीमती ४० वषीया नारायणवती सदा, १६ वर्षका छोरा सकुन सदा, त्रियुगा नगरपालिका–१० करमगाछीका ट्रयाक्टर चालक २० वर्षीय दिवस सार्की सख्त घाइते भएका भएका छन् ।

उनीहरुलाई जिल्ला अस्पताल गाईघाटको उपचारपछि थप उपचारको निम्ति बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्रयाक्टर ताप्ली गाउँपालिका रुपाटारमा बन्दै गरेको भवनको छत ढलान गर्न झण्डै तीन दर्जन मजदुर बोकेर हिँडेको थियो । दुर्घटनामा सामान्य घाइते भएका अन्य १५ जना उपचारपछि घर फर्किएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू