मोटरसाइकल दुर्घटनामा सशस्त्रका सई बिते

मोटरसाइकल दुर्घटनामा सशस्त्रका सई बिते

सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी बल नेपालका नायव निरीक्षक (सई) को मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–८, सेउतीस्थित सडकमा को.१ ब २४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक ३९ वर्षीय सन्तोष बस्नेत दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा क्याम्पमा उपचारको क्रममा गए राति निधन भएको सशस्त्र प्रहरी बल, ३ नम्बर गण, मोरङले जनाएको छ । नायव निरीक्षक बस्नेत उक्त गणमा कार्यरत थिए ।

शव हाल धरानमै रहेको र परिवारका सबै सदस्यको उपस्थितिपछि मात्रै अन्त्येष्टी गर्ने तयारी गरिएको सशस्त्रले जनाएको छ ।

टिप्पणीहरू