सर्वोच्चमा फुलकोर्ट शुरु, एक जना न्यायाधीश अनुपस्थित

सर्वोच्चमा फुलकोर्ट शुरु, एक जना न्यायाधीश अनुपस्थित

सर्वोच्च अदालतमा फुलकोर्ट बैठक शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाउनुभएको बैठक केही बेरअघि शुरु भएको हो ।

बैठकमा एक जना न्यायाधीश अनुपस्थित हुनुहुन्छ । न्यायाधीश ईश्वर खतिवडा मुलुक बाहिर रहनुभएकाले उहाँ बाहेक अरु सबैको उपस्थिति रहेको बताइन्छ ।

न्यायाधीशहरुले पेसी तोक्ने कार्य गोलाप्रथाबाट हुनुपर्ने माग गरेबमोजिम आजको फुलकोर्टबाट उक्त विषय पारित गरेर नियमावली र कार्यविधि संशोधनको प्रक्रियामा लगिने बुझिएको छ ।

टिप्पणीहरू