एमाले महाधिवेशन र इजरायली चलचित्र महोत्सव सँगसँगै

एमाले महाधिवेशन र इजरायली चलचित्र महोत्सव सँगसँगै

१३ औं इजरायली चलचित्र महोत्सव नेपालमा आयोजना हुने भएको छ । नेपालस्थित इजरायली दूतावासले उक्त महोत्सव यही मंसिर १० र ११ गते काठमाडौंमा गरिने जानकारी दिएको छ ।

ताहाचलस्थित सोल्टी होटलको पार्किङ क्षेत्रमा महोत्सव आयोजना हुने बताइएको छ । इन्टरनेशनल साउण्ड सर्भिसेसको प्राविधिक सहकार्यमा महोत्सव हुन लागेको हो ।

यस महोत्सवसँगै नेपालमा पृथक किसिमको चलचित्र शो भित्राउने प्रयास गरिएको आयोजकले दाबी गरेको छ । ड्राइभ–इन शो विश्वको लागि पुरानो भए पनि नेपालमा यो शो पहिलो पटक सञ्चालन गरिँदै छ ।आफ्नै सवारी साधनभित्रको सुरक्षित घेरामा बसेर हेर्ने मिल्ने यो चलचित्र महोत्सवले कोरोनाका कारण प्रभावित फिल्म क्षेत्रलाई टेवा दिने अपेक्षा दूतावासले लिएको छ ।

आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राख्दै चलचित्र हेर्न चाहने जोसुकैलाई पनि उक्त शो खुला रहने बताइएको छ । तर, आफ्नो पार्किङस्थल सुरक्षित गर्नको लागि सोल्टी होटलको वेबसाइटमा फर्म भर्नुपर्ने हुन्छ ।

टिप्पणीहरू