थप खोप दिने अमेरिकी प्रतिबद्धता

थप खोप दिने अमेरिकी प्रतिबद्धता

नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कोरोना भाइरसविरुद्धको थप फाइजर खोप उपलब्ध गराउने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासँग आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्न जाँदा लुले उक्त कुरा बताउनुभएको हो ।

सहायक मन्त्री लुले नेपाललाई आगामी दिनमा सहयोग गर्ने जनाउँदै नेपालले मागेको कोरोनाविरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६ सय २० डोज गत कात्तिक ८ गते काठमाडौँ आइपुगेको हो । सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई कात्तिक २८ गतेबाट लगाउन शुरु गरिएको छ ।

सो अवसरमा मन्त्री खतिवडाले भने फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको जानकारी दिनुभएको छ । उहाँले फाइजरको खोप खरिदमा भुक्तानीका लागि सरकारबाट आवश्यक निर्णय भइसकेको पनि बताउनुभयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिले कहिँ कतै खोपको अभाव छैन । २४ सै घण्टा काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालमा खोप लगाइने व्यवस्था गरिएको छ ।’ मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिमभत्ता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुुले कोरोना भाइरसविरुद्धको थप फाइजर खोप उपलब्ध गराउने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासँग आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्न जाँदा लुले उक्त कुरा बताउनुभएको हो ।

टिप्पणीहरू