२१ लाखका बैंकिङ कसुर अपराधी धरानमा पक्राउ

२१ लाखका बैंकिङ कसुर अपराधी धरानमा पक्राउ

बैंकिङ कसुर मुद्दामा सजाय पाए पनि फरार रहेक एक जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपिलका–१६ का ५२ वर्षीय मदन राईलाई प्रहरीले हिजो त्यहिँ पक्राउ गरेको हो ।

उच्च अदालत बिराटनगरले गत बैशाख १३ गते उनीविरुद्ध बैकिङ्ग कसुरमा फैसला सुनाएको थियो । फैसलामा राईलाई १० दिन कैद र २१ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । कैद र जरिवाना भुक्तानी नगरी लुक्दै भाग्दै आइरहेका उनलाई धरानमा प्रहरीको प्रादेशिक अनुसन्धान समूह बिराटनगरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ लगत्तै राईलाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

टिप्पणीहरू