गाँजा बोक्ने ट्रयाक्टरलाई सुरक्षा दिँदै स्कटिङ गर्ने एक पक्राउ

गाँजा बोक्ने ट्रयाक्टरलाई सुरक्षा दिँदै स्कटिङ गर्ने एक पक्राउ

सुनसरीको देवानगञ्ज गाउँपालिका–४ मा ठूलो परिणामको गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त गाउँपालिका–५ का २५ वर्षीय सन्तोषकुमार मेहेता हुन् ।

मेहेताको को.२९ प ८४८६ नम्बरको मोटरसाइकलले गाँजा बोकेको ट्रयाक्टरलाई स्कटिङ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार दिउँसो प्रदेश–१–०४–००१ त ०६६६ नम्बरको ट्याक्टरलाई सीमाक्षेत्र देवानगञ्जमा चेकजाँच गर्दा १ सय ८० केजी गाँजा फेला परेको थियो ।

प्रहरीको गस्ती टोली देखेपछि गाँजा बोकेको ट्रयाक्टर छोडेर चालक फरार भएका थिए भने ट्रयाक्टरको अघिअघि मोटरसाइकलमा मेहेता स्कटिङ गर्दै हिँडेका थिए । फरार चालकको खोजतलास गरिरहेको प्रहरीले बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाइकल समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू