​डनहरू भित्रिन थाले धमाधम

नेपाली सेनाको खेलकुद विकासका लागि स्थापित त्रिभुवन आर्मी क्लबलाई व्यवस्थापन र क्लब नेतृत्वको कमजोरीको फाइदा उठाउँदै मेजर सागर थापा र क्याप्टेन राजेन्द्र भण्डारीले राजनीतिज्ञ र डनबीच भेटघाट थलो बनाएको छ । केन्द्रपति मसे प्रकाशराज थापाले पैसाको हिसाबकिताबतिर मात्र ध्यान दिँदा सबै विधाका खेलाडी असन्तुष्ट छन् । तर, जति रोलकलमा रिपोर्ट गरे पनि कसैले केही सुनेको छैन । जुनसुकै खेल आयोजना गर्दा पनि पैसा बचाएर कर्साबलाई दिनुपर्ने हुन्छ । खेल जितेबापत आउने रकमबाट पनि तेलखर्च लिने गरिन्छ । 

रक्सी घर पु¥याउने, खेलमा कुनै मेडल नल्याएकालाई प्रमोसन गरिएको छ ५० हजारसम्म लिएर एथलेटिक्स खेलाडीलाई शान्ति सेना पठाएको तथा प्रमोसन गरेको हल्ला पनि व्यापक छ । पैसा तिरेर पदोन्नति हुने भए किन खेल्नुप¥यो र पदकका लागिसम्पूर्ण जीवन समर्पण गर्नुप¥यो ? सागर मेजर साबले बक्सिङ खेलाडीलाई बाहिर आफ्नो निजी काममा लगाउने, हप्तावारी उठाउन पठाउने, साथीहरूको ठेक्कापट्टामा बडीगार्ड पठाउने गरेको प्रमाण छ । कर्साबले जगदल गणको खेलाडीलाई मात्र सुविधा दिएको छर्लङ्गै छ । 
– आर्मी क्लबका खेलाडी 

टिप्पणीहरू