सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सकियो

सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सकियो

विदेशी सेनासहितको नेपाली सेनाले सञ्चालन गरेको प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धी तालिम सकिएको छ । बाराको अमलेखगञ्जमा रहेको सेनाको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयले तालिम साउन २४ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरेको थियो ।

हिजो शिक्षालयमा आयोजित कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले दिनुभएको प्रवचनपछि तालिम समापन भएको हो । कार्यक्रममा शिक्षालयको विविध गतिविधिहरु समावेश गरिएको अ जर्नी टु एक्सिलेन्स नामक कफी टेबल पुस्तक समेत विमोचन गरिएको थियो ।सो अवसरमा सेनाका रथीवृन्द तथा अधिकृत, अमेरिकी दूतावासका सैनिक सहचरी, अफिस अफ डिफेन्स कोअपरेशन (ओडीसी) का प्रमुख र पाकोम एगुमेन्टेसन टिमका प्रमुखको समेत उपस्थिति रहेको सेनाले जनाएको छ ।तालिममा नेपाली सेनाका २३ जना अधिकृत र अन्य दर्जाका ५२ जना जरि ७५ जना सहभागी भएका थिए । त्यसैगरी अमेरिका, बंगलादेश, श्रीलंका, कोरिया र केन्याका एक एक जना गरि ५ जनाले सहभागिता जनाएका थिए ।

टिप्पणीहरू