आउनुभयो अमेरिकी सहायक मन्त्री, बस्नुभयो होटल द्वारिकामा

आउनुभयो अमेरिकी सहायक मन्त्री, बस्नुभयो होटल द्वारिकामा

दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुग्नुभएको छ । कतार एअरवेजको दोहा–काठमाडौं उडानबाट साँझ ८ बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

विमानस्थलबाट उहाँ सोझै बत्तिसपुतलीस्थित होटल द्वारिकामा पुग्दा साँढे ८ बजेको थियो । कतार एअरवेजको क्युआर ६५१ उडानबाट आउनुभएका सहायक विदेशमन्त्रीसँगै ८५ जना नेपाली र सात जना अरु विदेशी यात्रु गरि ९३ जना यात्रु रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थलमा अमेरिकी राजदूत रेण्डी बेरीले सहायक विदेशमन्त्रीको स्वागत गर्नुभएको हो । त्यस अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू