फेरि टेन्सन

विश्वकपको एकमहिने हंगामा सकियो । अब फेरि सरकारलाई टेन्सन सुरु हुने भयो । जेनतेन एक महिना सर्वसाधारणको ध्यान विश्वकपमा केन्द्रित भइरहेको थियो । फुटबलबाहेक अरू कतै कसैको ध्यान थिएन । रातभरि फुटबल हे¥यो, दिनभरि सुत्यो । बस् । दुनियाँमा जेसुकै होस् कसैलाई वास्ता नो । 

यो अवधिभरि काठमाडौंमा फोहोर उठेन । तर, कसैलाई बाल मतलब भएन । बल भएपछि बाल किन चाहियो ? ठाउँठाउँमा फोहोर थुप्रिएर काठमाडौं दुर्गन्धमय बन्यो । तर त्यो पूरै ‘छु मतलव’ मा गइदियो । बजार भाउ बढेको बढ्यै थियो । त्यसमा पनि ‘छु मतलव’ नै भयो । शेयरको भाउ घटेको घट्यै भयो । त्यसमा पनि छु मतलव !

सरकारले पहिले यो नियुक्ति खारेज ग¥यो । सर्वोच्चले त्यसलाई स्थगित गरिदियो । घटना धेरै भए । तर कसैले बाल मतलव दिएन । भनौं न, सरकारलाई एक किसिमले पूरै राहत थियो । तर हेर्दाहेर्दैको विश्वकप समाप्त भयो । अबचाहिँ सरकारलाई टेन्सन सुरु हुने होला । जनताको ध्यान फेरि फुटबलबाट हटेर महँगी, फोहोर, अव्यवस्था, सडक जाम आदि आदितिर गएर हैरान हुने होला । हैन यो विश्वकप पनि एक महिना होइन चार महिना जति चलाउन हुन्न र भन्या ? 

टिप्पणीहरू