आज ४ सय बढी संक्रमित, १ जनाको निधन

आज ४ सय बढी संक्रमित, १ जनाको निधन

आज मुलुकभर चार सय १२ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार एक सय छ जनामा पीसीआर तथा एक हजार आठ सय ८७ जनामा एन्टिजेन गरी ११ हजार नौ सय ९३ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज दुई सय दुई जना संक्रमणमुक्त भएका छन् भने एक जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार छ सय ३६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ८३ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय ८७ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८२ र ललितपुरमा पाँच सय ७६ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू