अर्को वर्ष युरोपबाट कतार जाने टोली कुन कुन ?

अर्को वर्ष युरोपबाट कतार जाने टोली कुन कुन ?

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप खेल्ने १३ टोलीको टुंगो लागेको छ । विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहँदा आयोजक राष्ट्र कतारसहित १३ टोलीले स्थान सुरक्षित गरेका हुन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्रले छनोट चरण पार गरेका हुन् । विश्वकपका लागि अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।

अहिलेसम्म युरोपका फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स तथा दक्षिण अमेरिकाका ब्राजिल, अर्जेन्टिना र आयोजक कतार विश्वकप खेल्ने निश्चित भएको हो ।

यता, क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल र विश्वविजेता भइसकेको इटाली भने सिधै विश्वकपमा छनोट हुन् सकेनन् । निर्णायक खेलमा पोर्चुगल सर्बियासँग र इटाली स्विट्जरल्याण्डसँग पराजित हुँदा विश्वकपमा स्थान बनाउन अब उनीहरुले प्लेअफ खेल्नुपर्ने भएको छ ।

टिप्पणीहरू