अब रामदेवको नेपाली टेलिभिजन

अब रामदेवको नेपाली टेलिभिजन

भारतीय योग गुरु स्वामी रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् । रामदेवको पतञ्जलि योगपीठ नेपालले पतञ्जलि नेपाल टेलिभिजन र आस्था नेपाल टेलिभिजन सेटेलाइटबाट प्रशारण गर्ने गरी टेलिभिजन सञ्चालन गर्न लागेको हो ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान प्रचार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दीगो र प्रगाढ बनाउन टेलिभिजन सञ्चालन गर्न लागेको पतञ्जलि योगपीठ नेपालले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गर्ने जानकारी दिइएको छ । सो अवसरमा स्वामी रामदेवसहित, आचार्य बालकृष्ण र एक जना भारतीय मन्त्रीको समेत उपस्थिति हुने बताइएकाे छ ।

टेलिभिजनको उद्घाटन भाेलि शुक्रबार पतञ्जलिको कार्यालय, बालुवाटारबाट हुने छ । रामदेवले विश्वभर योगासन र प्राणायामको सरल विधि सिकाएर सो क्षेत्रमा क्रान्ति ल्याएका छन् ।

टिप्पणीहरू