सामाजिक अभियन्ताहरुद्वारा देशका योद्धा घोषणा

पछिल्लो समयमा देखिएको नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वोच्च अदालतमा भएको न्यायाधीशहरुको बेञ्च बहिष्कारलाई लिएर बिरोधका कार्यक्रमहरु हुँदै आएका छन् । जसअन्तर्गत आज पनि हण्ड्रेड ग्रुपले ‘देशका योद्धा’ लेखिएको ज्याकेट लगाएर सडकमा प्रदर्शन गरेको छ ।

आज अनामनगरस्थित अक्सिडेन्टल स्कुल अगाडिबाट ग्रुपले नाराबाजी उक्त ज्याकेट लगाएर बिरोध प्रदर्शन गरेको हो । ग्रुपले गरेको र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

ग्रुपका संयोजक बब्लु गुप्ता, हाम्रो टिमका संयोजक विमल पन्त, सामाजिक अभियन्ता तारा बराल लगायतको उपस्थितिमा भएको कार्यक्रममा चर्का नारा लगाइएको थियो ।

प्रदर्शनकारीहरुले वकिल न्यायाधीश हामी चिन्दैनौं, नागरिकको न्याय रोक्न पाईंदैन, कानुनी राज्य जिन्दावाद, स्वतन्त्र न्यायपालिका नागरिकको चाहना, पैसा खाएर न्यायालय ध्वस्त गर्न पाईंदैन, नागरिकको न्याय रोक्न पार्इंदैनलगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू