प्रहरी कर्मचारीले अबदेखि दुई अंक नपाउने

प्रहरी कर्मचारीले अबदेखि दुई अंक नपाउने

सरकारले दिने विभूषण, तक्मा र अलंकार वापत अब प्रहरी कर्मचारीले अंक नपाउने भएका छन् । विद्यमान प्रहरी ऐनअनुसार कार्यक्षमता मूल्याङ्कन गर्दा पाउने १ सय अंकमा विभूषण, तक्मा, अलंकारवापत २ अंक पाउने व्यवस्था छ ।

तर प्रहरी कर्मचारीले बढुवाका लागि तक्मा वापत पाउने २ अंकको प्रस्ताव संघीय प्रहरी ऐनबाट हटाइएको छ । विभूषण लिन अस्वस्थ प्रतिस्पर्धा बढेको निष्कर्ष निकालेपछि प्रहरी प्रधान कार्यालयले विभूषण वापतको अंक खारेज गर्न गृह मन्त्रालयमा प्रस्ताव लगेको थियो ।

गृहले प्रहरी नियमवाली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो भने अर्थ मन्त्रालय र लोक सेवा आयोगले उक्त निर्णयमा यसअघि नै स्वीकृति दिइसकेको छ ।

टिप्पणीहरू