धेरै कर तिर्नेलाई खादा र प्रमाणपत्र

धेरै कर तिर्नेलाई खादा र प्रमाणपत्र

सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसरमा विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई आज सम्मान गरेको छ । १० औं कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उनीहरुलाई सम्मान गर्नुभएको हो ।

गत आर्थिक वर्ष सर्वाधिक कर बुझाउनेमा सरकारकै स्वामित्व रहेको नेपाल टेलिकम रहेका छ । निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको छ । वाणिज्य बैंकतर्फ नबिल बैंक सम्मानित भएको छ ।

वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभेटनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू