उपत्यकामा चिसो ह्वात्तै बढ्यो

उपत्यकामा चिसो ह्वात्तै बढ्यो

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । हिजो न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेको उपत्यकाको आजको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलब चार डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहने छ ।

महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुनेछ । बाँकी भू–भागको मौसम सामान्यतयाः सफा रहने जनाइएको छ ।

टिप्पणीहरू