२०७२ को संविधान खारेज गर्ने माग

पछिल्लो संविधानको बिरोधमा युवाहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले २०७२ को संविधान खारेज गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले अस्तिदेखि शुरु भएको बिरोध कार्यक्रम अनिश्चितकालीन भएको बताएका छन् । अनिश्चितकालीन आन्दोलनमा सहभागी बनौं, २०४७ को संविधान पुनः स्थापना गरौं भन्ने नारा र प्लेकार्ड बोकेर प्रदर्शनकारी माइतीघरमा उभिएका छन् ।

एक महिनासम्म चल्ने उक्त प्रदर्शनमा एक दर्जनको हाराहारीमा उपस्थिति रहेको छ । संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनको आयोजनामा भएको प्रदर्शनको नेतृत्व शारदा शाहीले नेतृत्व गरेकी छन् ।

टिप्पणीहरू