बिजुलीको नयाँ महसुल आजदेखि लागू

बिजुलीको नयाँ महसुल आजदेखि लागू

आजबाट विधुतको नयाँ महशुल दर लागू भएको छ । विद्युत नियमन आयोगले महसुल समायोजन गर्दै कात्तिक १० गते सार्वजनिक गरेको नयाँ दर आजदेखि लागू भएको हो ।

नयाँ महसुल दर विपन्न परिवारलाई केन्द्रित गरेर ल्याइएको हो । जसअनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिरे पुग्नेछ ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने अनुमान छ । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ ।

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी गर्नेलाई महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ ।

यसअघि उर्जामन्त्री पम्फा भुसालले बिधुत महसुल घटाउन नेपाल विधुत प्राधिकरणलाई निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू