अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा उमरसहित आठ जनाको टोली बिहान काठमाडौँ उत्रिएको हो ।

बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले अध्यक्ष उमरको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।

आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टिप्पणीहरू