कर्मचारीलाई कुटपिट गर्ने पार्टीका कार्यकर्ता छोडिए

कर्मचारीलाई कुटपिट गर्ने पार्टीका कार्यकर्ता छोडिए

खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । जिल्ला अदालतको आदेशमा उनीहरु आज धरौटीमा छुटेका हुन् ।

पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार रुपैयामा धरौटीमा रिहा भएका हुन् । उनीहरुले गत कार्तिक ५ गते दिउँसो कुशवाहालाई कार्याकक्षबाटै नियन्त्रणमा लिई शरीरमा हिलो छ्यापेर अर्धनग्न अवस्थामा जनकपुरधाम बजार घुमाएका थिए ।

त्यसलगत्तै प्रहरीले सो पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनालाई नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहारविरुद्धको कसूरमा मुद्दा चलाएको थियो ।

टिप्पणीहरू