ललितपुरमा आज हिरण्यकश्यपु वध गरिने

ललितपुरमा आज हिरण्यकश्यपु वध गरिने

ललितपुरस्थित पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचको आठौ अर्थात् अन्तिम दिनमा नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ ।

हरेक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परा रहेको छ । सोहीअनुसार साँझ सो नृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गर्न लागिएको हो ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्धारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने जनविश्वास रही आएको छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।

टिप्पणीहरू