अदालत परिसरमा कानुनव्यवसायीको नाराबाजी, माइतीघरमा पुत्ला जलाइने

अदालत परिसरमा कानुनव्यवसायीको नाराबाजी, माइतीघरमा पुत्ला जलाइने

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालतको परिसरमा नारा घन्काएका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा झण्डै ८० जना कानुन व्यवसायीले बिरोध प्रदर्शन र नाराबाजी गरेका हुन् । उनीहरुले बारको कार्यालयतर्फबाट आएर अदालत परिसरमा नाराबाजी गरेको अदालत स्रोतले बताएको छ ।

कानुन व्यवसायीहरुले बिचौलियाहरुलाई कारबाही गर, न्यायाधीशले मान, पदवी र पदक अस्वीकार गर, कानुनव्यवसायी एकता जिन्दावाद, नेपाल बार एसोसिएसन जिन्दावाद र न्यायपालिकामा राजनीतिक हस्तक्षेप बन्द गरलगायत नारा लगाएका छन् ।

यता, प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्दै आएका केही अभियन्ताहरुले आज दिउँसो १ बजे आन्दोलनकारी कानुन व्यवसायीहरुको पुत्ला जलाउने भएका छन् ।

टिप्पणीहरू