७० वर्षका वृद्धले पहिले श्रीमतीको घाँटी रेटे, पछि आफैं सेरिए

७० वर्षका वृद्धले पहिले श्रीमतीको घाँटी रेटे, पछि आफैं सेरिए

उदयपुरमा श्रीमान्ले धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेको आरोप लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० वर्षे सन्तबहादुर राई हुन् । गए मध्यरात राईले ५६ वर्षीया श्रीमती चतुरमाया राईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

राईले श्रीमतीको घाँटी रेटेपछि आफ्नो घाँटीसमेत सेरेका थिए । उनलाई घाइते अवस्थामा गाउँलेले फेला पारेपछि प्रहरीलाई जानकारी गराए थिए । आफ्नै घाँटी सेरेर घाइते भएका राईलाई उपचारको निम्ति जिल्ला अस्पताल गाईघाट पुर्याएको छ ।

हत्या आरोपित राईलाई उपचारको साथै प्रहरीको निगरानीमा राखिएको छ । घटनाको थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी कार्यालयको टोली खटिएको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो । हत्या गरिएकी चतुरमाया राईकी कान्छी श्रीमती हुन् ।

टिप्पणीहरू