आज उपत्यकामा के भयो, के हुँदैछ ?

आज उपत्यकामा के भयो, के हुँदैछ ?

एमाले नेता महेश बस्नेतले बिहान १० बजे सूर्यविनायक नगरपालिका ८ मा जगातीदेखि डोलेश्वरसम्मको सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

अखिल नेपाल किसान महासंघ, बागमती प्रदेश समन्वय समितिको बैठक मध्यान्ह १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा डाकिएको छ ।

संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धनले २०४७ को संविधान लागू गर्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम राखेको छ । कार्यक्रम माइतीघर मण्डलामा दिउँसो १ बजे हुने जानकारी दिइएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट जनवर्गीय संगठन र मोर्चा संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध बिरोध प्रदर्शन गर्दैछन् । दिउँसो १ बजे नेपाल आयल निगमको कार्यालय, टेकुको मुख्य गेट बाहिर बिरोध गर्न लागिएको हो ।

नेपाल परिवार दलले मंसिर ४ र ५ गते काठमाडौंमा तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । सोबारे जानकारी गराउन उक्त दलले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दैछ ।

एमाले निकट अनेरास्ववियुको केन्द्रीय रचनात्मक तथा सामाजिक सरोकार विभागले अखिल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । आज अपरान्ह ३ बजेदेखि प्रज्ञा भवन, कमलादीमा कार्यक्रम हुने जनाइएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले कात्तिक २९ गतेदेखि मंसिर ३ गतेसम्म हरेक वडा र टोलमा युवा दस्ता निर्माण तथा प्रशिक्षण गर्ने कार्यक्रम राखेको छ । उसले आन्दोलन समिति निर्माण नभएको स्थानमा आन्दोलन समिति बनाउने जानकारी दिएको हो ।

नेपाली काँग्रेसको मुख्यालय, सानेपामा आज पनि रौतहटका काँग्रेसीहरुले सँधैझैँ बिहान ९ बजेदेखि रिले अनसन तथा धर्ना कार्यक्रम राखेका छन् । कार्यक्रम सँधैझैँ आज पनि साँझ ५ बजेसम्म हुने छ ।

टिप्पणीहरू