भक्तपुरमा धान फलेन, दानाजति सबै फोस्रो

भक्तपुरमा धान फलेन, दानाजति सबै फोस्रो

भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति गरेका अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमिनमा रोपिएको धानमा दाना नलागेपछि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका हुन् ।

किसान मर्कामा परेकोबारे धानबाली र स्थानीय बीऊबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।

भक्तपुरका किसानले विगत चार वर्षदेखिे डी वाई २८ जातको धान रोपेर पर्याप्त उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा उनीहरु चिन्तित भएका छन् ।

स्थानीय परम्परागत जातको बीऊको खेति गर्न छोडेर किसान हाइब्रिड बीऊमा आकर्षित हुँदा कृषि उत्पादनमा समेत समस्या आउने गरेको छ । कृषकहरु एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफस्ने र विदेशी हाइब्रिड जातको बीऊ बिजनको प्रयोग नगरी स्थानीय लोकल बीऊको संरक्षण गर्नुपर्ने कृषकहरुले नै बताएका छन् ।

नगरभित्र धान खेतीमा भएको नोक्सानी र किसानलाई परेको मर्कालाई मध्यनजर गर्दै ती नगरपालिकाले आपतकालीन कोषबाट केही राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू