​होसप्रसादले दिएका हैरानी

जान–अञ्जानमा गल्ती गर्नु मानवीय स्वभाव नै हो । तर, गल्ती दोहो¥याइरहनेलाई के भन्ने होला ? त्यस्तालाई के कारबाही होला ? यस्तै असमन्जसमा परेका छन्, हलेसी–तुवाचुङवासी । 

प्रसंग हो, हलेसी–तुवाचुङ नगरपालिका दुर्छिममा कार्यरत लेखापाल अशोक आचार्यको । उनको कामदेखि स्थानीय दिक्क छन् । प्रत्येक काममा केही न केही गल्ती भएकै हुन्छ । उनको असावधानीले हलेसी–तुवाचुङ नगरपालिकामा कार्यरत कर्मचारी, स्थानीय मात्रै होइन, नगरप्रमुख इबन राईले समेत दुःख पाएका छन् ।

अन्य त अन्य भयो । सच्याउन सकिन्छ । तर, चेकमा हुने गल्तीले सेवाग्राहीले दुःख पाउँदै आएका छन् । नगरपालिका र सेवाग्राहीबीच कतिपय कारोबार चेकबाट गर्नुपर्ने हुन्छ । चेक साट्न सदरमुकाम दिक्तेल पुग्नै पर्छ । हिँडेर जानेलाई दिक्तेल पुग्न एक दिन लाग्छ । हिँडेर दिक्तेल पुगेकाले बैंकमा घण्टौं लाइन लागेपछि चेक साट्न पालो त पाउँछन् तर त्यतिबेला लेखापालको गल्तीले काम भएन भने परेन त फसाद । चेकमा चेक रिडर हान्न बिर्सने मात्रै होइन, एउटै चेकमा आठ ठाउँसम्म गल्ती लेख्ने गरेका छन् । लेखापालले एउटा चेकमा आठ ठाउँ गल्ती लेख्नु भनेको असावधानीको पनि पराकाष्ठा हो । यतिसम्म ‘होसप्रसाद’ छन् कि, नगरपालिकाको बैंक खातामा चेक जम्मा गर्दा आफ्नै हस्ताक्षर गर्न बिर्सन्छन् । 

टिप्पणीहरू