जंगीअड्डामा कोरियाली राजदूत

जंगीअड्डामा कोरियाली राजदूत

प्रधानसेनापति प्रभुराम शर्मासँग गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले आज जंगीअड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानसेनापति शर्मासँगको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जानकारी गराएको छ ।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएको छ ।

टिप्पणीहरू