नेपाली महिला टोलीले दियो कतारलाई १ सय ४७ रनको लक्ष्य

नेपाली महिला टोलीले दियो कतारलाई १ सय ४७ रनको लक्ष्य

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज पहिलो पटक कतारसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाली महिला टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले इन्दु बर्माको सर्वाधिक ५५ रनमा उक्त योगफल तयार पारेको हो । नेपालका लागि सीता रानामगरले ३९, सरिता मगरले २१, कविता कुँवरले ८ तथा काजल श्रेष्ठले ३ रन जोडे भने कप्तान रुबिना क्षेत्री शुन्य रनमा पेभिलियन फर्किइन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी–२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो ।

आईसीसी टी–२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारीस्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ ।

टिप्पणीहरू