खसिबजार नजिकै युवक ठहरै

खसिबजार नजिकै युवक ठहरै

कलंकी नजिकैको खसिबजार अघिल्तिरको पेट्रोल पम्पको सामुन्ने सडकमा बसले ठक्कर दिँदा एक जना युवकको ज्यान गएको छ ।

बल्खुबाट कलंकीतर्फ जाँदै गरेको प्रदेश ३–०–१–००५ ख ९३०० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ७४६३ नम्बरको स्कुटीलाई केही बेरअघि ठक्कर दिँदा स्कुटरमा सवार अन्दाजी २१ वर्षको युवकको घटनास्थलमा ज्यान गएको छ ।

नाम, ठेगाना नखुलेका युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेलाई नजिकैको हस्पिटल लगिएको छ । बस चालक फरार भएका छन् भने बस प्रहरी नियन्त्रणमा रहेको छ ।

टिप्पणीहरू