भन्नुस्, मरण रोज्ने कि स्मरण ? « Jana Aastha News Online
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022

भन्नुस्, मरण रोज्ने कि स्मरण ?

प्रकाशित मिति :  ३२ असार २०७५, सोमबार १५:१५


  • संकेत कोइराला

 साहित्यकारहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई बाल्यकालमा ट्युसन पढाउने गुरुको नाम थियो– डा. क्षितिशचन्द्र बर्मा । भारतबाट आएका यिनी अंग्रेजीका प्रकाण्ड विद्वान् थिए । विद्यार्थीलाई आफ्नै घरमा ट्युसन पढाउँथे । ट्युसन फि सक्नेले तोकिएको बुझाउँथ्यो, नसक्नेले पनि न्यूनतम २५ पैसा बुझाउनुपर्ने अनिवार्य सर्त थियो । यो सर्तमा अयोग्य विद्यार्थी उनका लागि किमार्थ योग्य हुँदैनथ्यो । देवकोटा त्यस्ता अपवाद विद्यार्थी थिए, जो सँग २५ पैसा जोहो गर्ने औकात थिएन । गुरुको कठोर नियमका कारण साथीसँग पढ्न वञ्चित उनी कोठाबाहिर बस्थे र अरूलाई पढाएको सुनेर ज्ञानको तुष्टि मेट्थे । पढ्ने उत्कट अभिलाषा लिएर आएको ‘बाहुनको छोरा’को यस्तो अवस्था डा. क्षितिशचन्द्रकी आमालाई सह्य भएन । उनले बाहुनलाई त्यसो नगर्न छोरालाई बारबार सम्झाइन् । आफ्नो संकल्पमा अडिग उनले देवकोटालाई पढाउनुको सट्टा सधैं उभिने गरेको ठाउँमा रहनसमेत बन्देज लगाए । गुरुकी आमा यो दृश्यले थप द्रवित भइन् । एउटा उपाय सुझाउँदै उनले देवकोटालाई टीका लगाएर ५ रुपैयाँ दक्षिणा दिइन् र भनिन्, ‘मैले दिएको पैसाले ट्युसन फि तिर्नू । भविष्यमा गएर ज्ञानी मानिस बन्नू’ देवकोटाले आपूm पनि गुरुजस्तै बन्न चाहेको संकल्प सुनाएर दक्षिणामा पाएको सम्पूर्ण पैसा ट्युसन पढाइमा खर्चिए । बर्मा यस्ता दृढसंकल्पी र एकाग्रताको उत्कर्ष नमुना थिए, ट्युसन पढाउँदा पढाउँदै ९० सालको विनाशकारी भूकम्प जाँदासमेत उनले पत्तो पाएनन् रे ! भुइँचालो गएपछि ज्यान जोगाउन भागेका विद्यार्थी फर्किंदा धुलोले पुरिएका तर ध्यानबाट नडगमगाएका गुरु देखेर चकित भए ।

शिक्षाका पसलेहरू नीतिनिर्माण तहमा छन् । न क्षितिशचन्द्रजस्ता गुँड गुरुको उदय हुने छाँट छ, न लक्ष्मीप्रसादजस्ता चिनी चेलाको भविष्य सुनिश्चित छ । दिनभर भर्नाको पैसा कन्तुरमा थन्क्याएर बेलुका नेतासँग लन्च, डिनर भ्याउनु यिनीहरूको दैनिकी हो । असारमा कति बाँझो खेतमा धान रोपियो रोपिएन त्यसको छिनोफानो भारतबाट आयात चामलको आयतनले केही महिनापछि देखाउला । तर, यो बेला गरिबका छोराछोरीमाथि भुतभुते खन्याएर लुट्ने अभियान देशभर फस्टाएको छ । पर्दाअगाडि समृद्ध नेपाल, पर्दा पछाडि कंगाल नेपालका थुप्रै द्वैध चरित्रको वर्षदिने भातपानी जुगाड गर्ने शुभसाइत हो । भर्ना, पढाइ शुल्क किन अकासियो ? यसको अनुसन्धान थाल्ने हो भने सुनकाण्डको लहरोलाई उछिन्ने इन्द्रेणी रंगका दृश्य परिदृश्य देखिने छन । विद्यार्थी ज्ञान हैन, रोबर्ट शिक्षाबाट आभूषित छन् । आफ्नो छोराले बाघलाई टाइगरभन्दा छातीको आयतन फुलाउने अभिभावक र सुँगा रटानलाई आधुनिक शिक्षाको फसल मान्ने बज्रस्वाँठ शिक्षासेवीहरूको फ्युजनले शिक्षा आत्मघाती गोल बन्दै गएको छ । फेल हुन नपर्ने शैक्षिक पद्धतिको आरम्भका तोरीलाउरे व्याख्या र अतिवादी विरोधले समाजलाई रनभुल्लमा पारेको छ । देशभरि घरलौरीजस्तो संख्यामा खुलेका शिक्षालय र स्वास्थ्यालय नामका पसलले धोखाघडीको व्यापार गरिरहेका छन् । सरकारी संयन्त्र विष निकालिएको गोमन साँप भएर ताउरमाउर त गर्छ तर अन्ततः उसैले बजाएको बिनमा नाच्नु उसको नियति बन्दै आएको छ । काँचुली फेरिए पनि सर्प उही छ । सर्प नचाउने सपेराहरू उही छन् । सबैलाई सबै कुरा थाहा छ । बरु सवै पेशाभित्र पसेका चटकेहरूको चटकमा दिन हप्ता, हप्ता महिना, महिना वर्ष र वर्ष शताब्दी बनेर घर्किंदै छ । मान्छेले लादेको दोषको भारीले समय नामको घोडा लाचार बनेर घण्टाघरमा पेण्डुलम भएर हल्लिरहेको छ । आखिरभाले नबासेर पेण्डुलम कहाँ रोकिँदो रहेछ र ? बिग्रिँदा पनि दिनमा दुईपटक एकुरेट समय दिइरहेकै हुन्छ । 

डाक्टरहरू कलपुर्जा सफा गरेजस्तै गरी मानव शरीरको शल्यक्रिया गर्छन् । विभिन्न रोगको नाममा उब्जिएका ट्युमर काटेर मिल्काउँछन् । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाका जटिल उपचार गर्छन् । खै, तिनीहरूले मानिसभित्रको लोभ, ईष्र्या, रिस, प्रतिशोधचाहिँ किन मिल्काउन नसकेका होलान् ? ती वस्तु हुन्छन्चाहिँ कहाँ ? नेपालमा अब बेथितिको उपचार शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । मलेसियाको कायापलट गर्ने मुहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान, बिहारलाई दोहोरो अंकको आर्थिक विकासमा पु¥याउने नितिशकुमार आएर हाम्रा मुखियालाई प्रवचन दिए पनि केही फरक पर्दैन । यस्ता व्यक्तित्वसँग बसेर एकाधवटा कुम जोडेर फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरूले जानेकै छैन । हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अद्र्धनग्न जवानी बिक्छ । बब मार्लिनको लट्टे कपाल विक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा विक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पु¥याइँदा पनि अभैm टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गरिन्छ । अनि धान नफल्दा पुर्पुरोलाई धिकार्ने काम हुन्छ । विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन । जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन । भूपि शेरचनको कविताले अरूलाई मिठास दियो । तर, जीवनको उत्तराद्र्धमा उनले निष्कर्ष निकाले– आपूmलाई दुईवटा क ले बिगारे । जसको अर्थ थियो– कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने, ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्वराजनीतिमा निरंकुशताको सजीव पात्र सम्झिइने हिटलर कालिदासको शाकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ ।

कुनै एक सैनिक युद्धमा थियो । घरबाट श्रीमतीको चिठी आयो । चिठीमा लेखिएको थियो– ‘यस गाउँमा सभ्य र स्वस्थ मानिस नहुँदा खेतमा मैले नै हलो जोत्नुपरेको छ ।’ चलाख सैनिकले जवाफ पठायो– ‘खेतमा हलो नचलाउनु, त्यहाँ विस्फोटक पदार्थ गाडिएको छ ।’ उसको पत्र सेन्सर भयो । अब के थियो र, आधुनिक औजारसहितको सैनिक टोली त्यस बाँझो खेतमा पुगेर चारैतिर खन्यो । यस कुराको जानकारी श्रीमतीले श्रीमान्लाई गराइन् । अर्को पत्रमा सैनिकले लेख्यो, ‘अब सबै खेतमा मजाले गहुँ छर्नू ।’

क्रान्तिका नाममा जिन्दगीभर बन्दुक र बारुदको धतुरो रोपेका प्रचण्डले साठी नाघेपछि गरेको धान फलाउने रहर माथिकै सिपाहीको चलाखीभन्दा पर देखिएन । चिताएको सवै पाउने लोभमा कुटो, कोदालो र हलो मिल्काएर वर्षौंसम्म प्रचण्डले रोपेको धतुरोको माली बनेका कार्यकर्ताका लागि आफ्नै नेताको कार्यशैली निल्नु न ओकल्नु भएको छ । सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरू यो पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरूको हातमा पश्चात्तापसिवाय अरू केही हात लागेन । माओवादी नेतृत्वले जब शहरी नूनसँग बढी सम्झौता गर्न थाल्यो, उभित्रको रातो रंग खरानी बन्दै गयो ।

धन त आउँछ पनि जान्छ पनि । धन गएर मानिस बिग्रँदैन तर चरित्र गयो भने मरेको म¥यै हुन्छ । विश्वका राजनेताले बद्नामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरूले राजनीतिको अम्लेठ खान खोजे तर अण्डाको माया गरेनन् । पतिको शारीरिक कुरूपताप्रति तीव्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन् । यसविपरीत अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन । संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिस मात्र होइन, ख्यातिप्राप्त महामानवहरूको सोचाइ पनि यस्तै हुन्छ । तर, शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महानु दम्पतीको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई सय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुःखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुप¥यो । माओ त्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छाडिदिए । तर, श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसँग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन् । आफ्नो परस्त्रीप्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बिपीले उल्लेख गरेका छन् । अरू त अरू हरि–कीर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टा धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरूको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरूको उपस्थिति सघन बन्दै गएको छ ।

यदि, संसारमा सर्वहाराको राज्य हुन्छ भने नेपालका कम्युनिष्टहरूले आदर्श नेता परिवर्तन गरी दिगम्बर रूपधारी महादेवलाई स्थापित गर्नुपर्छ । फगतः खरानी र बाघको छालामा रमाएका महादेवजस्ता विन्दास पात्र सायदै राजनीतिमा पाइएलान् । सधैंका मस्तराम महादेवको परिवार पार्वतीको भरोसामा चलेको थियो । उनीहरूको परिवारभित्रको अन्तद्र्वन्द्व कुनै पनि भौतिकवादी, माक्र्सवादी चिन्तनभन्दा लाखौं गुना बढी चाखलाग्दो थियो । पिताको बाहन सर्पबाट मुसो बचाउन गणेशले गर्नुपर्ने भगीरथ प्रयास, अनि कुमारको मयुरबाट सर्प बचाउन पिता महादेवलाई पर्ने धौधौ थोरै सास्तीपूर्ण थियो होला र ? आत्मरक्षाको द्वन्द्वमा फसेको परिवारको डुंगा पार्वतीको बुद्धिमतापूर्ण व्यवहार र महानताका कारण चलेको थियो । सम्भवतः राजनीतिमा पनि यस्तै त्राण दिने व्यक्तित्वको खाँचो छ । आँपको बोटमा महŒवपूर्ण आँपै हो तर आँप फल्न हाँगाबिँगा जरा सब चाहिएजस्तै राजनीतिका अंगलाई ध्वस्त पारेर निर्माणको भाषण गर्नु वनबास जानुअघि वन मास्नुजस्तै हो ।


प्रतिक्रिया दिनुहोस !