ललितपुरमा भेरोसिलको दोस्रो डोज लगाउने तयारी

ललितपुरमा भेरोसिलको दोस्रो डोज लगाउने तयारी

ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने भएको छ ।

महानगरपालिकाले दिएको जानकारीअनुसार खोपको दोस्रो मात्राको पर्खाइमा रहेकाहरुरुका लागि मंसिर २ र ३ गते अर्थात आगामी बिहीबार र शुक्रबार भेरोसिल खोपको दोस्रो डोज लगाउने कार्यक्रम राखिएको हो ।भेरोसिल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेकाहरुले आआफ्नो वडामा सम्पर्क गरि खोप लगाउन सकिने ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू