प्रदेश २ का उद्योगमन्त्री हटाइए

प्रदेश २ का उद्योगमन्त्री हटाइए

प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदविहीन भएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा रायलाई पदमुक्त गरिएको हो ।

नेकपा एकीकृत समाजवादीको भागमा परेको भनिएको उक्त मन्त्रालयबाट राजीनामा दिन यसअघि नै रायलाई भनिएको बताइन्छ । रायले आलटाल गरेकाले मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज पदमुक्त गर्नुभएको हो ।मन्त्रालयको भागबण्डा मिलाउने उद्देश्यले मुख्यमन्त्री राउतले मन्त्री रायको राजीनामा माग गरेका थिए । तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैंले सम्हालेका छन् ।

टिप्पणीहरू