नाइटबसको ठक्करले बालकको मृत्यु

नाइटबसको ठक्करले बालकको मृत्यु

मोरङको पथरी शनिश्चरे नगरपालिका २, जयचोकमा नाइटबसको ठक्करले एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना आचार्यको ७ वर्षीय छोरा विवश आचार्य हुन् ।

प्रदेश–३–००१ ख २०० नम्बरको नाइटबसले आमासँग बाटो क्रस गर्ने क्रममा बालकलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते भएका बालकलाई उपचारको निम्ति पथरी अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा पुर्याएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरिदिएका हुन् ।

काठमाडौंबाट पथरी जाँदै गरेको सो बसका चालक दुर्घटनापछि बससहित फरार भएका थिए । फरार बस चालक भोजपुर रामप्रसाद राई गाउँपालिका ६ का ३४ वर्षीय शम्भु थापालाई प्रहरीले बससहित दिउँसो पक्राउ गरेको छ ।

आज बिहान भएको घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू