नेपाल बारले भोलिदेखि तेस्रो चरणको आन्दोलन गर्ने

नेपाल बारले भोलिदेखि तेस्रो चरणको आन्दोलन गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले दोस्रो चरणको आन्दोलनको अन्तिम दिन आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो ।

धर्ना तथा बिरोध कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलिबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप समेत लगाउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने दाबी गर्नुभएको हो । उहाँले प्रधानन्यायाधीशको सम्पत्ति विवरण छानबिन गर्नुपर्ने आवाज उठेको बताउँदै त्यस निम्ति १९ जना न्यायाधीशसँग छलफल भइरहेको बताउनुभयो ।

उहाँले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताउनुभयो ।

टिप्पणीहरू