काठमाडौंमा चिनियाँले निकाले जुलुस

काठमाडौंमा चिनियाँले निकाले जुलुस

काठमाडौंमा रहेका केही चिनियाँ नागरिकले आज बिहान जुलुस निकालेका छन् । लामो समयदेखि स्वदेश फर्कन नपाएका चिनियाँले जुलुस निकालेका हुन् ।

कोरोना महामारीपछि लगाइएको लकडाउनका कारण उनीहरु नेपालमा रहेका हुन् । उनीहरुले आफूलाई चीन फर्काउन अनुरोध गर्दै चिनियाँ कन्सुलर कार्यालय अघिल्तिर जुलुस निकालेको बताइन्छ ।

म चीन फर्कन चाहन्छु भन्दै चिनियाँले हात्तिसारको सडकमा जुलुस निकालेका हुन् ।

 

तस्बिर : प्रदीपराज वन्त, रासस

टिप्पणीहरू