दुई पाँग्रे चढ्दै, नेपाल बन्द गराउँदै

दुई पाँग्रे चढ्दै, नेपाल बन्द गराउँदै

ग्यास तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र माओवादी मजुदर पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव उदयपुरमा सामान्य परेको छ । मुख्य बजार क्षेत्रमा मोटरसाइकल र तीन पाँग्रे सवारी साधन चलेका छन् भने चार पाँग्रेलगायतका सवारी साधन बन्द छन् ।

त्यसैगरी गाईघाट, कटारी, बेल्टार र रामपुरलगायतका मुख्य बजार क्षेत्रका ठूला पसल बन्द भए पनि गल्ली र कुनाकाप्चा तथा फुटपाथका पसलहरु खुल्ला छन । सबै किसिमका स्कुल बन्द भए पनि सरकारी कार्यालय सबै खुलेका छन् ।बन्दको नेतृत्व नेकपाका नेता मीनप्रसाद पोखरेल, मानबहादुर दनुवार र माओवादी मजदुरका हिमाल राईले गरेका छन् । एक दर्जनको संख्यामा देखिएका बन्दकर्ताहरुमध्ये गाउँबाट आएका कार्यकर्ताहरु भने दुई पाँग्रे सवारीसाधन चढेर आएका देखिन्छन् । बन्दकर्ताहरुले एकाध मोटरसाइकलको साँचो थुत्दा भनाभन भए पनि यतिखेरसम्म अप्रिय घटना भएको छैन ।

टिप्पणीहरू